सरकार र सभामुखसँग प्रमुख प्रतिपक्षी दल एमाले चिढिएकै बेला बुधबार संघीय संसद् अधिवेशन सुरु हुँदै छ । तर संसद्को बिजनेस के हुन्छ, बैठक कसरी अघि बढ्छ भन्नेमा अन्योल कायमै छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को वातावरण सहज बनाउन छलफललाई तीव्रता दिएका छन् ।