काठमाडौँ : काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ। जलेश्वर स्वच्छन्द विकोइ बिल्डर्स कम्पनीका प्राविधिक सल्लाहकार एवं इन्जिनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई सञ्चालन हुने जानकारी दिए।विसं २०७१ मा महानगरपालिकासँग सार्वजनिक-निजी साझेदारीको सम्झौतानुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावर बनाइसक्नु पर्थ्यो। तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ तर कम्पनीले भने नि