काठमाडौं : आजदेखि ट्याक्सीमा नयाँ भाडादर लागू हुँदैछ। बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि अन्य यातायातको साधनमा बढेको भाडादर लागू गरे पनि ट्याक्सीमा भने आजदेखि मात्रै लागू गर्न लागेको हो। बागमती प्रदेश सरकारले निर्धारण गरिएको भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ। आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोज