अनुदानका ३४ भैँसी किसानले काटेर मासु खाए

सुर्खेत: पशुपालन क्षेत्रमा कर्णालीलाई आत्मनिर्भर बनाउने महत्वाकाँक्षी लक्ष्यका साथ कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदानमा दिएका ५० भैँसी मध्ये ३४ भैँसी गायब भएका छन्। मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा सुर्खेतको वीरेन्द्रनगर–१ मा एक लाख ६ हजारका दरले ५० वटा भैंसी वितरण गरेको थियो। कृषक छनौटदेखि वितरणको जिम्मेवारी पाएको पशुसेवा निर्देशनालयको बदमासीका कारण कृषकको गोठमा यतिबेला भैंसी भने छैनन्। भैंसी रित्तिएसँगै सामूहिक भैँसी पालनका लागि निर्माण गरिएका आधुनिक गोठहरू अहिले बा...

सम्बन्धित सामग्री

गड्डी भैँसी लोप हुने अवस्थामा

खरीरोग र बाँझोपनका कारण स्थानीय जातको गड्डी भैँसी लोप हुने अवस्थामा पुगेको छ । बाँझो भैँसी मासु प्रयोजनका लागि पहाडबाट तराई लैजाने व्रmम बढेपछि भैँसीको सङ्ख्या घट्दै गएको हो ।

बधशालाको अव्यवस्थाले भान्सामा गुणस्तरहीन मासु, सहरमा भैंसी आतंक

९ भदौ, काठमाडौं । बुधवार काठमाडौंको व्यस्त बुद्धनगर सडकमा कुनै हिंसात्मक जनावरले होइन, घरपालुवा भैंसीले आतंक मच्चायो । प्रहरीको अनुमानअनुसार काट्न ठिक्क पारेको भैँसी फुत्केर सडकमा आइपुगेपछि आक्रमणको डरले सहरबासीहरुमा त्रास फैलियो । प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई सचेत बनाउनु परेको थियो । राजधानी उपत्यकामा एकै दिनमा मासुका लागि हजारौं भैंसी, खसीबोका, सुँगुर-बंगुरको बध गरिन्छ । […]

मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उहाँको भनाइ थियो । उनका अनुसार अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।  दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।  जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।  “दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन । दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार अनुसार फार्ममा ३० वटा गाई छन् । “फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस

किसानलाई दुहुनो भैँसी वितरण

गोरखा, १५ जेठ । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो भैँसी वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ७ स्थित बुङकोटका आठ किसानलाई अनुदानमा पाडापाडीसहितको उन्नत जातको दुहुनो भैँसी वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए । गाउँपालिकाले पालिकालाई मासु र दूधमा आत्मानिर्भर बनाउन जोड दिँदै आएकाले पशुपालक किसानलाई पशुपालनका लागि प्रोत्साहन गर्न […]

यस्ता रोगीले मासु नखाएकै बेस

जब चाडपर्व अनि रमाइलो गरिन्छ तब खानेकुराहरू प्राथमिकतामा पर्छ । प्रा.डा. पोषणविद् उमा कोइरालाका अनुसार खानेकुरा मनोरञ्जनको साधन पनि हो । पर्वहरूमा खाने परिकारमध्ये प्राथमिकतामा मासु पर्छ । दसैँ तिहार नजिकिएसँगै खसी, बोका, राँगो, बङ्गुर, भैँसी कुखुराको मासु अधिक मात्रामा खाने चलन छ । जसका कारण स्वस्थ मानिस पनि बिरामी पर्ने अस्वस्थ मानिस झन् बिरामी पर्ने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने प्रा.डा. पोषणविद् कोइरालाको भनाइ छ । दसैँ तिहारमा मनोरञ्जनात्मक खेलहरू खेल्ने क्रममा मासुका धेरै प

मध्यपुरमा राँगो भन्दै रोगी भैँसीको मासु बजारमा

बधशालाको खाली भुँइमा बुढा भैँसी काटेर मासु छरपष्ट छरिएका छ । सँगै गोठमा बध गर्ने तयारीका लागि बाँधिएका आठ भैँसी छन् । त्यहीँ गोठबाट बगेर आएको मलमूत्र बिक्रीका लागि काटिँदै गरेको मासुमै मिसिएर ढलतिर बगिरहेको छ । मासु, रगत, आन्द्रा, कलेजो, फोक्सोमा झिँगा भन्किरहेका छन् ।

रोगी भैँसी काटेर 'राँगोको मासु' भन्दै बिक्री

सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा गएको अनुगमनमा रत्नदेवी खड्गी, बुधरत्न शाहीले सञ्चालन गरेको सिद्धिकाली मिट फ्रेस सेन्टरले भैँसी काटेर राँगोको मासु भन्दै बिक्री गरेको, बधशालामै भैँसी बाधेर मलमूत्र काटेको मासुमै मिसिने गरेको, बधस्थल ...

छाडा चौपाया व्यवस्थापनका चुनौती

टेकराज पन्थी दूध खानका लागि गाईभैँसी पालिन्छ । दूध दिन छोडेपछि थारा भैँसी मासु व्यवसायीलाई बिक्रीवितरण गरिन्छ । काटेर मासु बेच्ने तथा विभिन्न ममः रेस्टुराँहरूमा किमा बनाइन्छ । तर थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु चाहिँ बेवारिसे अवस्थामा छोडिदिने चलन बढेको छ । यसले गर्दा सडकमा छाडा गाईवस्तु प्रशस्तै भेटिन्छन् । यस्ता पशु अनियन्त्रित रूपमा सडकमा छाडिँदा सडक अव्यवस्थित भएका छन् र दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढेको छ ।यस्ता गाईवस्तु छाडा नाछोडी संरक्षण गर्नु आवश्यक छ । गाई सं

भैँसी डोडाउँदै बालक

इटहरी । विराटनगरको महेन्द्रचोक भित्र भैँसी डोडाउँदै बालक । मासु खपतको लागि विराटनगर ल्याइएका यस्ता चौपाया विराटनगरका सडकमा प्राय देखिन्छन् ।

सुध्रिएनन् तुलसीपुरका मासु पसले

दाङ : एक पटक होइन, पटकपटक अनुगमन गर्दा पनि दाङ तुलसीपुर बसपार्कका मासु पसलको अवस्थामा सुधार आउन सेको छैन। अझै पनि मासु पसलमा जाली नराखिएको, मासु पसलको बाहिर साइनबोर्ड नराखिएको, सरसफाई नगरेको, बासी मासु राख्ने गरेको, बंगुर पाल्ने र मासु बच्ने एउटै भएको, बध गर्ने ठाउँ फोहोर भएको, राँगा र भैँसी एकै ठाउँमा राखेर बेच्ने...