जब चाडपर्व अनि रमाइलो गरिन्छ तब खानेकुराहरू प्राथमिकतामा पर्छ । प्रा.डा. पोषणविद् उमा कोइरालाका अनुसार खानेकुरा मनोरञ्जनको साधन पनि हो । पर्वहरूमा खाने परिकारमध्ये प्राथमिकतामा मासु पर्छ । दसैँ तिहार नजिकिएसँगै खसी, बोका, राँगो, बङ्गुर, भैँसी कुखुराको मासु अधिक मात्रामा खाने चलन छ । जसका कारण स्वस्थ मानिस पनि बिरामी पर्ने अस्वस्थ मानिस झन् बिरामी पर्ने हुँदा खानपानमा विशेष ध्यान दिनुपर्ने प्रा.डा. पोषणविद् कोइरालाको भनाइ छ । दसैँ तिहारमा मनोरञ्जनात्मक खेलहरू खेल्ने क्रममा मासुका धेरै प