काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। आज भएको गृहमन्त्री बालकृष्ण खाणसँग भएको छलफल सकारात्मक भएपछि सभापतिका उम्मेदवार देउवा प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका हुन्। कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ। उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए। उनी अहिले निर्णायक छन्।पहिलो चरणमा देउवालाई ८२ मत