ओलीलाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । उनी बिहीबार अपराह्न प्रचण्ड भेट्न पुगेका हुन् । आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । उनी ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पुगेका हुन् ।  गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुस

सम्बन्धित सामग्री

ओलीपछि प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन् ।दिउँसो नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका गौतम अपरान्ह माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्। उनले आगामी चुनावमा बाम गठबन्धन बनाएर जानुपर्ने बताउँदै आएका छन् । उनले एमाले अध्यक्ष ओलीलाई भेटेर पनि वाम गठबन्धन निर्माणमा जोड दिएका छन्। एमाले र माओवादी केन्द्र एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछ

अवशानको राजनीतिक प्रतिस्पर्धा

सत्तारूढ नेकपाभित्रको सङ्कट गहिरिँदै जाँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पुस ४ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न निवास खुलमटार पुग्नुभयो । दुई अध्यक्ष र पछि वामदेव गौतमसहितको खुमलटार विशेष बैठकले सङ्कट समाधानको सूत्र पहिल्यायो वा त्यताउन्मुख भयो भन्न केही समय पर्खनुपर्छ । तर, प्रधानमन्त्रीले लिएको यो पहल जुनसुकै कोणबाट पनि सकारात्मक छ । यसबाट कोही आत्तिनुपर्दैन किनकि दुई अध्यक्षबीचको सहमतिमै समाधान छ । संवादकर्ताको स्वायत्ततालाई मान्दा संवादले समाधानउन्मुख गराउँछ । किनकि प्रचण्डको संवाद स्वायत्ततामाथि प्रश्न उठ्छ, बेलाबेला वरिष्ठ नेता माधवकुमार नेपाल जोडिएर आएका कारण । विश्वास राखौँ, ओलीलाई जसरी पनि एक्ल्याउनुपर्छ भन्ने दुर्घटनाउन्मुख सोचबाट नेता नेपाल पनि माथि उठ्नुहुनेछ । लचकताका रूपमा आएको ओलीको यो नयाँ पहलअघि नेता वामदेव गौतमको पुस ३ मा सकारात्मक र एकता पक्षधर उद्घोष आएको थियो, जतिबेला प्रचण्ड र माधव नेपाल आफ्नो गुटको भेलालाई सम्बोधन गरिरहनुभएको थियो । र, ओलीविरोधी मोर्चा निर्माण गरिरहनुभएको थियो । ढ्याक्कै प्रवृत्ति नभनौँ तर व्यक्तिको सोचको उपज पनि हो । पार्टी एकढिक्का हुँदा पनि तत्काल गौतमले ठूलो पद प्राप्त गर्ने सम्भावना छैन तर पार्टी विभाजनको त्रासदीका कारण उहाँ गुटलाई प्रोत्साहन गर्न सक्नुहुन्न । यसअघि भएको भदौ २६ को पार्टी एकताको आधार गौतमकै ६ बुँदे प्रस्ताव थियो । समकालीनमा प्रधानमन्त्री नभएका गौतमलाई प्रधानमन्त्री