कोभिड अस्पतालमा आगलागी हुँदा २७ जनाको मृत्यु

एजेन्सी। इराकको राजधानी बगदादस्थित कोभिड–१९ अस्पतालमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ। अक्सिजन भण्डारणमा गरेको गल्तीका कारण अस्पतालको आईसीयू कक्षबाट आगलागी सुरु भएको थियो। इब्न अल–खतीब अस्पतालमा लागेको आगलागीमा परेका १२० जना बिरामी र ९० जना आफन्तलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ। घटनामा दर्जनौ व्यक्ति घाइते भएका छन्।

सम्बन्धित सामग्री

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । इराकको राजधानी बगदादस्थित कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । इब्न खतिब अस्पतालको आईसीयूमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । आगलागीमा …

इराक : कोरोनाभाइरस अस्पतालमा आगो लाग्दा २७ जनाको मृत्यु (भिडियो)

इराकको राजधानी बग्दादमा रहेको कोरोनाभाइरस अस्पतालमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।  अक्सिजन ट्यांक विस्फोट भएपछि आगो लागेको थियो ।    इब्न अल–खातिब अस्पतालमा शनिवार अबेर आगो लागेको थियो । अस्पतालमा रहेका १२० जना रोगीलाई बाहिर निकाल्न हम्मेहम्मे परेको थियो ।  सामाजिक सञ्जालमा शेयर गरिएका फूटेजमा अस्पतालको झ्यालबाट आगोका लप्का र धूवाँ आएको देखिन्थ्यो ।  स्थानीय तथा अग्निनियन्त्रकहरूको प्रयासका बावजूद आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ र ४६ जना घाइते भएक...