सरकारले १२० जनाको मुद्दा फिर्ता लियो, को को हुँदैछन् रिहा ?

काठमाडौं : सरकारले १२० जनाको मुद्दा फिर्ता लिएको छ। सरकार वादी भएका १२० जनाको मुद्दा फिर्ता लिइएको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए। कानुनी आधारमा फिर्ता लिन सक्ने सरकार वादी भइ चलाइएका १५ मुद्दाका १२० जना नामावली पनि सार्वजनिक गरिएको गुरुङले जानकारी दिए। 'कानुनी रुपमा र सरकार वादी भइ चलाइएका…

सम्बन्धित सामग्री

उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा

काठमाडौं– काठमाडौं जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र नाराजुलुस गरेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।  प्रहरी परिसर टेकुका अनुसार नियन्त्रणमा लिइएका चलाउनेसहित ६ जनालाई रिहा गरिएको छ ।

रेशम चौधरीको मुद्दा फिर्ता लिन सरकारले ल्यायो विधेयक

२८ वैशाख, काठमाडौं । सरकारले टिकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका रेशम चौधरीलाई रिहा गराउने गरी कानुन संशोधनको तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद सचिवालयमा बिहीबारे केही नेपाल ऐन संशोधन विधेयक दर्ता गरेको छ । जसमा रेमश चौधरीसहित टीकापुर घटनाका दोषी र विभिन्न फौजदारी मुद्दामा दोषी ठहर भई […]

राष्ट्रपति कार्यालय पुग्यो रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश

रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ । राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको हो । […]

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रकाण्ड, मुद्दा फिर्ता लिन आग्रह

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शीर्ष नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेता प्रकाण्डले  देउवासँग् भेटवार्ता गरेका हुन्।  शान्ति प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि सरकारले मुद्दा फिर्ता र जेलका बन्दी रिहा नगरेपछि नेकपाले सरकारलाई दबाब दिइरहेको छ। आजको भेटमा प्रकाण्डले आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता र जेलका बन

विप्लवलाई सरकारको आश्वासन : 'चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुन्छ'

सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गरेर चुनावमा जाने वातावरण बनाउने बताएको हो ।विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा,सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला लगायत नेताहरुले सत्तापक्षका नेताहरुलाई बन्दी रिहा र मुद्दा फिर्ता लिन आग्रह गर्दै आएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्म

सरकारसँग विप्लव नेकपाको माग : बन्दी रिहा र मुद्दा फिर्ता लिए चुनावमा भाग लिन्छौं

सकारसँग नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले प्रतिबन्धको अवधिमा जेल परेका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिन सहयोग गर्न निरन्तर माग राख्दै आएका छन् । चुनावमा भाग लिन सहज हुनेगरी बन्दी रिहा र मुद्दा फिर्ता लिन नेकपा नेताहरुले प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुलाई भेटिरहेका छन्। नेकपा महासचिव विप्लवले गत बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । लगत्तै सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोलाले नेकपा माओवादी क

किन रिहा भएनन् रेशम चौधरी ?

काठमाडौं । सरकारले जनता समाजवादी पार्टी नेपाल(जसपा) को मागअनुसार १२० भन्दा बढीको मुद्दा फिर्ता गरेको छ । जसपाले चैत २६ गते २४ थान मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा फाइल बुझाएको थियो । सोही फाइलअनुसार सुरुमा १५ थान मुद्दा फिर्ता भएको हो । तर, त्यसमा रेशम चौधरीको नाम परेन ।रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएर सरकारसँग जसपाले वार्ता गरिरहेको थियो । तर, १२० जनामा रेशम चौधरीको नाम नदेखेपछि जसपाका कार्यकर्ता, खासगरी थरूहटमा निराशा देखिएको छ । जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले रेशम चौधरी

जसपालाई सरकारमा जाने बाटो खुल्यो

सरकारले जनता समाजवादी पार्टीका १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँग जसपालाई अब सरकारमा जाने बाटो खुलेको छ । यद्यपि जेलमा रहेका सांसद रेमश चौधरीलाई रिहा गर्नुपर्ने माग सम्बोधन गर्न भने सरकारले ढिलासुस्ती गरिरहेको बताएको छ ।जसपाले २ सय २० जना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिनका लागि सरकारलाई नामावली बुझाएको थियो । सरकारले झन्डै आधाभन्दा बढी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेर जसपालाई सरकारमा जाने बाटो खोलिदिएको छ । जसपाले

सरकारमा जान सांसद चौधरी रिहा हुनुपर्छ : जसपा

जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ ।जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफ्ना एजेण्डालाई केन्द्रमा राखेर छलफल अघि बढाउने निर्णय गरेको हो । सांसद रेशम चौधरीको रिहाइ, मधेस थरुहट आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायत सबै सवाललाई केन्द्रमा […]