काठमाडौँ – नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकका साथमा एकैसाथ निःशुल्क ओपिडी सेवा उपलब्ध गराउने भएको छ। अस्पतालको २९ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकका साथमा निःशुल्क ओपिडी सेवा उपलब्ध गराइने भएको हो। नर्भिकले निकट भविष्यमै […]