भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएको कुरा आँकडाले नै स्पष्ट पार्ने बताएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना महामारी समाप्त गर्नका लागि भ्याक्सिनको विषयमा कुनै पनि हिच्किचाहट हुनु हुँदैन किनभने भ्याक्सिन लगाउनु नै महामारी चाँडै नै समाप्त गर्ने एउटा बाटो हो ।’डाक्टर विके पालले भने, ‘म आफैंले भारत बायोटेकको कोभ्याक्सिन लगाएको छु ।