गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोप लागेका दुई प्रहरी निलम्बित भएका छन् । स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरुले प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले निलम्बन गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । ‘त्यस घटनामा प्रहरीले अनुसन्धान थालेको छ