काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित नौ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर भएको छ । आयोगले बिहीबार तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा नम्बर दुईका तत्कालीन वडा अध्यक्ष गौकला सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव–इञ्जिनियर हरिप्रसाद पाण्डेय, […]