काठमाडौं (अस) । एनएमबि बैंकले किसानलाई लक्षित गर्दै सिरहामा नयाँ काउन्टर सञ्चालन गरेको छ । बैंकले नरहा वडा नं ३ स्थित हिमालय सुगर मिल्स परिसरमा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको काउन्टर संख्या ११ पुगेको छ । बैंकले किसान लक्षित शाखाहरूबाट किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको छ ।
हिमालय मिल्समा काउन्टर शुरू हुनुअघि पनि बैंकले गोलबजार शाखाबाट ४७ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको जानकारी दिएको छ । उखु किसानलाई सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग सम्झौता समेत गरिसकिएको बैंकले बताएको छ । बैंकका प्रदेश प्रमुख कमल पोखरेलले प्रदेशमा सञ्चालित काउन्टरहरूबाट सेवा लिन किसान तथा सर्वसाधारणलाई आग्रह गरे ।
एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारीत काउन्टर शुभारम्भ गरेको छ । सेवाग्राहीहरुलाई सहजहोस भन्ने उद्देश्यले काउन्टर सुरु गरेको बैंकले जनाएको छ ।नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेलगायतको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको थियो ।एनएमबि बैंकका प्रमुख […]
काठमाडौं । एनएमबि बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले विस्तारित काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । एनएमबि बैंक प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, भूमि व्यवस्थापन तथा अभिलेख […]
काठमाडौं। एनएमबि बैंकका ग्राहकले बिगमार्टमा सामान किन्दा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। दुई कम्पनीबीच भएको सम्झौताअनुसार बुधबार र शनिबार सामान खरिदमा उक्त छुट पाउने भएका हुन्। छुट पाउन बैंकका सेवाग्राही र कर्मचारीले एनएमबीको मोबाइल बैकिङमार्फ भुक्तानी गर्नुपर्नेछ। बैंकले आफ्नो सेवा बढाउनेक्रममा यस्तो सुविधा ल्याएको बताएको छ। बैंकको हाल देशभर १८१ शाखा, १३७ एटीएम, ९ ओटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्।