३१ जेठ, गुल्मी । नेकपा एमाले गुल्मीको १२औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ ।
मंगलबारबाट सुरु भएको अधिवेशनमा सहमतिबाट नयाँ नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत हुन लागेको हो ।
मतदानका लागि बेलुकी …
दाङ । नेकपा एमाले रोल्पाको नयाँ नेतृत्व छनोटका लागि निर्वाचन सुरु भएको छ । मंगलबार सुरू भएको सातौं अधिवेशनमा नयाँ नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन गर्न परेको हो । अध्यक्षमा अमृत घर्ती र घनश्याम आचार्यको उम्मेदवारी परेको छ । अध्यक्षका दावेदार घर्ती निवर्तमान जिल्ला सचिव र आचार्य निवर्तमान प्रदेश कमिटी सदस्य हुन् । […]
नेकपा (एमाले) गोरखाको नेतृत्वका लागि उम्मेदवारहरु प्यानलसहित चुनावमा होमिएका छन् । एमाले गोरखाको नेतृत्व चयनको लागि आइतबार २ बजेबाट मतदान सुरु भएको छ ।
धनगढी - नेकपा एमाले सुदूरपश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ ।
सुदूरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्वजनिक गरेको नि...
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन प्रक्रियाको सूची अनुसार ११.५५ देखि मतदान सुरु भएकाे प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता थापामगरले जानकारी दिए ।
एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले प्रतिस्पर्धामा छन् । शर्मालाई उपमहासचिव पृथ्वीस...
बैतडी । बैतडीको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने नेकपा एमाले एक्लैले निर्वाचनमा सहभागि जनाएको छ […]
नेकपा एमाले दैलेख जिल्ला अन्तर्गत बुधबार पुनः अधिवेशन सुरु भएको छ । गत पुसमा भएको अधिवेशन अन्तर्गत निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो । एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बिहान आठ बजेदेखि मतदान सुरु भएको रातोपाटीलाई जानकारी दिए । नयाँ नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली हिजो नै सार्वजनिक भइसकेको थियो । ‘सहमतिको आधारमा नेतृत्व टुङ्ग्याउने प्रयास भए पनि हुन सकेन,’ अध्यक्ष शाहले भने,‘ अब निर्वाचनमै जाने कुर
नेकपा एमाले कञ्चनपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । २३ पुष(शुक्रबार)देखि एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि ८औँ अधिवेशन सुरु भएको थियो । सहमति नभएपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट गर्न...
उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि पनि केहिबेर आन्तरिक सहमतिको प्रयास गरिएपनि अन्ततःनिर्वाचन सुरु भएको हो। मतदाताहरु मत खसाल्न लाइनमा उभिएका छन्।...
कैलाली : नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। धनगढीस्थित ऋद्धि सिद्धी पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ। दिउँसो १ बजेसम्म मतदान चल्ने बताइएको छ। एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन्।
यसअघि आइतबार…
नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई ज