भैँसीमा बेमौसमी प्रजनन सफल

दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताउनुभयो । “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहनुभएका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भन्नुभयो, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”

सम्बन्धित सामग्री

सागसब्जी बेचेर शालिजावासी भित्राए पाँच करोड

बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।

सागसब्जी बेचेर शालिजावासी भित्राए पाँच करोड

बेमौसमी सागसब्जी बेचेर वार्षिक रु पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।

बेमौसमी सुन्तला फलाउँदै खड्का, एउटै गाउँमा वार्षिक ३ करोड रूपैयाँको कारोबार

गलकोट (बागलुङ । जिल्लाको सिगानामा दशैं अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी १०० का दरले बिक्री गरे । उन्सु जातको सुन्तला उत्पादन गदै आएका खड्काले ‘सिजन’मा  ३ लाखको सुन्तला बिक्री गर्छन् भने ‘अफसिजन’मा अर्थात् असोजमा उन्सु जातको सुन्तलाको परीक्षण उत्पादन गर्दै आएका छन् । उनले गतवर्ष बेमौसमी जातको सुन्तला बिक्रीबाट रु ५० हजार आम्दानी गरेको र अहिले सुन्तलाको उत्पादन घटेकाले रु २० हजारको बिक्री गरिसकेको र अन्य सुन्तला आफन्तलाई कोसेली पठाएको बताए । “परीक्षणका लागि छ वर्षअघि उन्सु जातको सुन्तला लगाएको थिए”, खड्काले भने, “अहिले दशैं खर्च बेमौसमी सुन्तलाबाटै हुँदै आएको छ ।” सुन्तला गाउँका रुपमा परिचय कमाउदै आएको बागलुङको सिगानामा मौसमी सुन्तला बिक्रिबाटै  ३ करोड रूपैयाँ वार्षिक रुपमा गाउँ भित्रिदै आएको छ । अगुवा सुन्तला किसान  खड्काले सुन्तला बगानमा बेमौसमी जातका सुन्तला फलाउँदै आएका छन् । खड्काले चार वर्षदेखि बेमौसमी सुन्तलासमेत उत्पादन गर्दै आएका छन् । तर मौसमी जातको तुलनामा १० प्रतिशत मात्रै बेमौसमी सुन्तला उत्पादन हुने गरेको उनको भनाइ छ । सामान्यतः सुन्तलाको सिजन मङ्सिरबाट शुरू भएपनि उनले ५० बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बगैँचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसी सुन्तलाको बोट भने सानो हुने र रोपेको कम समयमै फल्ने गर्दछ । बागलुङ नगरपालिका-८ सिगानामा खड्काले परीक्षणका रुपमा लगाएको बेमौसमी सुन्तला असोजमै पाक्ने गरेको छ । उक्त सुन्तला घरमा खपत र कोसेलीका रुपमा पठाएपछि बाँकी रहेको बिक्री गर्छन्। अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यसोधा र पोङ्कान भने एक महिनापछि पाक्छन् । “बेमौसी सुन्तला व्यावसायिकरुपमा भन्दा पनि परीक्षण्का लागि हो, असोजमा उन्सु जातको सुन्तला टिपियो, अब एक/एक महिनाको फरकमा यसोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो भन्ने हो”, खड्काले भने, “मौसमी जातको एउटा बोट लगाउने जग्गामा बेमौसमीका पाँचवटा बोट हुर्कन्छन् भने छिटो फल लाग्न थाल्दछ ।” बगैँचा सजावटका लागि पनि उक्त जातको सुन्तला प्रयोग गरिन्छ । खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा एक सय दाना मात्रै लाग्ने गरेको बताए । विसं २०३२ सालदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले बेमौसमी जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउँछन् । ६ वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब १०० बढी सुन्तलाका बोटमध्ये ५० प्रतिशत बोटमा सुन्तला फल्न थालेका छन् । उक्त सुन्तलाका बोटले धान्न नसक्दा थाक्रो हाल्ने गरिएको छ । नेपालमा अधिकांश सुन्तला कात्तिकदेखि मंसिरको अवधिमा पाक्छन् । खड्काले भने भदौदेखि असोजको समयमा पाक्ने जापानीज जातका सुन्तला लगाएका हुन । खड्काले ५ रोपनी क्षेत्रफलको सुन्तला बगैँचामा हालसम्म १४ प्रजातिका सुन्तलाका बिरुवा लगाएका छन् । खड्काले मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची र तरकारी खेती गर्दै आएका छन् । रासस

बेमौसमी आलु खेती: सोचेभन्दा बढी उत्पादन

कञ्चनपुर, २७ वैशाख । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल भएका छन्। डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उनले छ क्विन्टल उत्पादन गरेका छन् । नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उनले पहिलो पटक परीक्षणका रुपमा आलु रोपेको हो । एउटै […]

बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ : हरिवंश आचार्य

काठमाडौँ- अभिनेता हरिवंश आचार्य कोरोना भाइरसको महामारीपछि नेपाली फिल्म बजार बढी नै उतारचढाव देखिएको बताउँछन् । उनी अभिनीत फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएको र केहीले भने अपेक्षाभन्दा निकै कम व्यापार गरेको बताए । अहिले आर्ट र कमर्सियल भ्यालु बोकेको फिल्म बजारमा […]

‘बजारले कलात्मक र व्यावसायिक फिल्मको मिश्रण खोजिरहेको छ’ : अभिनेता आचार्य

काठमाडौँ,५ असोज । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए । अहिले आर्ट र […]

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”

भैँसीमा बेमौसमी प्रजनन सफल

चितवन, कार्तिक ९ । दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए। “हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी […]

भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल

दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् । कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए ।“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौ

आलु मिसन कार्यक्रमअन्तर्गत पाल्पामा बेमौसमी आलु खेती शुरु

साउन ५, पाल्पा । पाल्पामा बेमौसमी आलुखेती शुरुआत गरिएको छ । कृषि ज्ञान केन्द्रको आलु मिसन कार्यक्रमअन्तर्गत जिल्लाका उपयुक्त स्थानमा आलु लगाउन थालिएको हो ।  न्यूनतम २० रोपनी क्लस्टरमा सहयोग गर्ने प्रावधानअनुरुप समुन्द्री सतहदेखि एक हजार ४०० देखि दुई हजार मिटर उचाइमा उत्पादन हुने बेमौसमी आलुका निम्ति क्षेत्र छनोट गरी सहयोग गरेको केन्द्रको प्रमुख शिव अर्यालले जानकारी दिए । उनका अनुसार हिउँदमा उम्रेकोको आलुको टुसालाई उपचार विधिमार्फत तयार पारिएको बीउ नै वर्षातका समयमा रोपिने गरिन्छ । जिल्लाको निस्दी र माथागढी गाउँपालिकामा ज्ञान केन्द्रले कृषि सामग्री तथा आर्थिक सहयोग गरेको छ । जिल्लाको रैनादेवी छहरामा भने गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा विकास गर्न बेमौसमी आलु खेती थालिएको उनले जानकारी दिए । निस्दीमा मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा खेती थालिएको हो । स्थानीय ३० कृषकले ३० रोपनी जग्गामा एक हजार ६०० केजी आलुको बीउ रोपेको संस्थाका व्यवस्थापक हेमबहादुर खाम्चाले बताए । उनका अनुसार कृषि ज्ञान केन्द्र पाल्पाको  रू. एक लाख तथा सहकारी संस्थाको रू. एक लाख गरी रू. दुई लाखको लगानीमा खेती शुरु गरिएको हो । वडा नं ४ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले बेमौसमी आलु खेती गर्न थालिएको कृषकहरु बताउँछन् । मित्यालको झ्याल्टुङ्, रुप्सेभन्ज्याङ, काफल, भोर्मा र खोप्लाक क्षेत्रमा कृषकले आलु खेती गरेको निस्दी कृषि शाखा संयोजक खिमराज कोइरालाको भनाइ छ ।  ज्ञान केन्द्रले वर्षायाममा आलु खेतीका लागि उपर्युक्त स्थान छनोट गरी निस्दीमा आलु लगाउन सुझाव दिए पनि कोरोनाको संक्रमण नियन्त्रणका निम्ति भएको निषेधाज्ञाले बीउ खरीद गरेर गाउँसम्म ल्याउन निकै समस्या भएको संस्थाले जानकारी दिएको छ ।  डडेल्धुरादेखि कार्डिनल जातको रातो आलु खरीद गरेर निकै कष्टसँग ल्याएर रोप्दा समयमै आलु लगाउन नपाएको व्यवस्थापक खाम्चाले बताए । उनका अनुसार जेठ महीनामै लगाउने आलु असारमा मात्रै रोपे पनि राम्रोसँग उम्रिएको र राम्रै उत्पादन हुने अपेक्षा गरिएको छ । त्यस्तै जिल्लाको माथागढी गाउँपालिकामा पनि ज्ञान केन्द्रको आर्थिक सहयोग तथा कौडेलेक व्यावसायिक कृषक समूहको व्यवस्थापनमा करीब ४० रोपनी जग्गामा ४० क्विन्टल आलु रोपिएको सो केन्द्रले जानकारी दिएको छ । माथागढी गाउँपालिकाको ओलेसमा रोपिएको वर्षे आलुबाट राम्रो उत्पादन भएको समूहका अध्यक्ष अर्केश्वर सारुले बताए । माथागढीमा भने चैतमा नै आलु लगाए पनि समयमा पानी नपरेर समस्या भएको कृषकले जानकारी दिएका छन् ।  उनले भने, ‘समयमा पानी नपरेर समस्या भयो,  उत्पादन भने तेब्बर लिन सफल भइयो ।’ माथागढीमा करीब ३२ कृषकले बेमौसमी आलु खेती गरेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा भने संघीय सरकार तथा कृषि शाखाको सहयोगमा आलु पकेट क्षेत्रका रुपमा विकास गरिएको छ ।   कृषि शाखाप्रमुख सुनिता पोखरेलले गाउँपालिकाको चार स्थानमा गहुँ तथा आलु पकेट क्षेत्रका रुपमा विकास गर्ने योजनाअनुरुप पालिकाको वडा नं ४ मेहलढाँपमा बेमौसमी आलु खेती गरिएको जानकारी दिए । पालिकाको वडा नं ४ भुवनपोखरी र ७ को बल्डेङगढीमा गहुँ, ८ सत्यवतीमा हिउँदेआलु तथा ४ मा बर्खेआलु गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकलाई सहयोग गरिएको करीब ६५ क्विन्टल आलु कृषकले लगाएका छन् ।  स्थानीय आलु पकेट कृषक समूहले करीब ८० रोपनी क्षेत्रफलमा बेमौसमी आलु खेती गरेको छ । वर्षातको समयमा पनि चिलाउनी, तीतेपाती, असुरोको छापो तथा प्लाष्टिक मल्चिङको प्रयोगबाट राम्रो उत्पादन लिन सकिने विभिन्न कृषि शाखाले जानकारी दिएको छ । रासस