भक्तपुर : यसवर्षको बिस्का जात्रा शुरु भएको छ। आज साँझ ३ बजेर ५० मिनेटको समयमा ङातापोल (पाँचतल्ले मन्दिर) परिसरमा निर्माण गरिएको भैल खःमा (भैरवनाथको रथमा) भैरवनाथ विराजमान गराएसँगै भैल खः तान्न शुरु भएको थियो। यससँगै भक्तपुर आठ रात नौ दिन जात्रामा झुम्ने छ।काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको ३ तल्ले भैल खःलाई क्वने र थनेका बासिन्दाले रथको अगाडि ५ वटा र पछाडी ४ वटा डोरीले तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ। यो जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान ग