भक्तपुर : भक्तपुरमा यस वर्षको बिस्का जात्रा शुरु भएको छ। भक्तपुरको तमारीस्थित पाँचतले मन्दिरअगाडिबाट आइतबार साँझ नकिंजु अजिमाको रथलाई घटखामा लगी भैरवनाथको रथ तानातान गर्दै बिस्का जात्रा शुरु भएको हो। यो जात्रा भक्तपुरमा ८ रात ९ दिनसम्म हुन्छ।प्यागोडा शैलीमा बनाइएको काठको तीनतले भैल खःलाई क्वने र थनेका (तल्लो र माथ्लो टोलका) बासिन्दाले रथको अगाडि ५ वटा र पछाडि ४ वटा डोरीले तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परम्परा छ। बिस्का जात्राको मुख्य आकर्षण नै रथ तानातान