एजेन्सी । भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी सङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए ।कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा एक हजार १८५ जन