झापा : अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिन भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज (शुक्रबार) नेपाल प्रवेश गरेको छ। आज विहान भारतको पानीटङ्की नाका हुँदै पूर्वी नेपालको काँकडभिट्टामा रथ प्रवेश गर्दा अग्रवाल समुदायले उल्लासपूर्वक स्वागत गर्यो।प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले काँकडभिट्टामा रथयात्राको स्वागत गरे। रथयात्राको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानामगरले प्रत्येक महिला महालक्ष्मीको स