काठमाडौं : बिहीबारबाट सुरु भएको रातो मच्छिन्द्रनाथको रथ शुक्रबार साँझ पाटन दरबार आइपुगेको छ।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको हो। रातो मच्छिन्द्रनाथको रथयात्रा नेपालकाे सबैभन्दा लामो जात्रा हो। रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ। ...