बैंकको ब्याजदर मुद्रास्फीतिदर नजिक

काठमाडौं। वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर मुद्रास्फीति दरको नजिक पुगेको छ । निक्षेप वृद्धिअनुसार कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर लगातार घटाएकाले मुद्रास्फीति दरको नजिक पुगेको हो ।  वाणिज्य बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ६ दशमलव ४४ प्रतिशतसम्म कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पुसमा उपभोक्ता मुद्रास्फीतिदर ५ दशमलव २६ प्रतिशत छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर उपभोक्ता मुद्रास्फीति दर नजिक झरेपछि साधारण बचतको ब्याजदर भने त्यसभन्दा तल कायम भएको छ ।  राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने प्रावधान तोकेको छ । बैंकहरूले मुद्दती निक्षेपसँगै साधारण बचतको ब्याजदर पनि घटाएका छन् ।  तरलता सहज हुन थालेपछि नेपाल बैंकर्स संघले चालू आव २०८०/८१ को साउनदेखि भद्र सहमति अन्त्य गर्दै आफूखुशी ब्याजदर निर्धारण गर्न पाउने निर्णय गरेको थियो । त्यसपछि घट्ने क्रममा देखिएको बैंक ब्याजदर फागुन पनि घटेको छ ।  फागुनमा १६ ओटा बैंकले ब्याजदर घटाउँदा चारओटाले भने स्थिर राखेका छन् । हिमालयन, एभरेष्ट, लक्ष्मी सन्राइज तथा माछापुच्छ्रे बैंकले माघकै ब्याजदर कायम राखेका छन् ।  फागुनमा सबैभन्दा बढी ब्याजदर एनएमबि बैंकले ८ दशमलव ५० प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकले ६ दशमलव ४४ प्रतिशत तोेकेको छ । बैंकर्स संघमार्फत ब्याजदर निर्धारण गर्दा गत वैशाखमा नै व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९ दशमलव ९९ प्रतिशत निर्धारण गरिएको थियो । जेठ र असारमा सोही ब्याजदर कार्यान्वयन भए पनि साउनदेखि भद्र सहमति अन्त्य गरेपछि निक्षेप तान्ने होडबाजीले भदौ र असोजमा केही बैंकको ब्याजदर बढेको थियो । कात्तिकबाट भने सबै बैंकको ब्याजदर ओरालो लागिरहेको छ ।  मङ्सिरमा राष्ट्र बैंकले पनि चालू आवको मौद्रिक नीतिको समीक्षा गर्दै नीतिगत दरहरू घटाएपछि बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब बढेको हो । सामान्यतया बैंकहरूले मासिक रूपमा मात्र ब्याजदर परिवर्तन गर्न पाउने भए पनि मङ्सिर २२ गते नै राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेपछि बैंकहरूले महीनाको बीचैमा ब्याजदर घटाएका थिए ।  ब्याजदर निर्धारणसम्बन्धी राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले प्रत्येक महीना ब्याजदर परिवर्तन गर्दा साबिकको ब्याजदरमा १० प्रतिशत मात्र घटबढ गर्न पाउने व्यवस्था छ । यस्तै बैंकहरूले हरेक महीना लागू हुने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर, राष्ट्र बैंकले नीतिगत दर परिवर्तन गरेमा ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था छ ।  यसैगरी बैंकहरूले विप्रेषणमार्फत आएको निक्षेपलाई १ प्रतिशत बिन्दुले थप र संस्थागत निक्षेपकर्तालाई भने २ प्रतिशत बिन्दुले कम ब्याजदर दिनुपर्ने व्यवस्था छ । 

सम्बन्धित सामग्री

भदौमा कुन बैंकको ब्याजदर कति ?

काठमाडौं- वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदरअनुसार ४ वटा बैंकको ब्याजदर घटेको छ भने ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । यस्तै १२ वटा बैंकले भने साउनको भन्दा भदौमा ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर ग्लोबल आइएमई, कुमारी, सिटिजन, कृषि विकास बैंक, सानिमा नेपाल […]

बैंकको ब्याजदर मूल्यवृद्धिदरभन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

काठमाडौँ – पूर्वमुख्यसचिव लीलामणि पौडेलले बैंकको ब्याजदर मूल्यवृद्धिदरभन्दा माथि हुनुपर्ने बताएका छन्। नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले शुक्रवार आयोजना गरेको कार्यक्रममा पौडेलले निक्षेपको मूल्यवृद्धि ८ प्रतिशत रहेको भन्दै बैंकको ब्याजदर ८ प्रतिशतभन्दा माथि नभएर निक्षेपकर्ताको पैसाको भ्यालु कम हुने बताए। उनले बैंक खाता खोल्ने २ करोडभन्दा बढी भए पनि कर्जा लिने १८ लाख मात्रै […]

बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन।शुक्रवार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो कुरा बताएका हुन।...

बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्छः पूर्वमुख्यसचिव पौडेल

पूर्वमुख्यसचिव लिलामणि पौडेलले बैंकको ब्याजदर मूल्य वृद्धिदर भन्दा माथि हुनुपर्ने बताएका छन।शुक्रवार नेकपा (एकीकृत समाजवादी) पार्टीको अर्थ विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो कुरा बताएका हुन।...

बैंकको ब्याजदर वृद्धि स्थायी होइन : डेपुटी गभर्नर मिश्र

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।बुधवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्।उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै घट्ने दाबी गरे। उनले अहिले संसारभर ब्याजदर बढाउने ट्रेण्ड चलेकाले नेपालमा पनि त्यसको प्रभाव परेको उल

बैंकको ब्याजदर वृद्धि स्थायी होइन : डेपुटी गभर्नर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरु आत्तिनुपर्ने अवस्था नरहेको  बताएका छन्।  बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक...

बैंकको ब्याजदर वृद्धि स्थायी होइनः डेपुटी गभर्नर मिश्र

काठमाडाैँ- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको ब्याजदर वृद्धि अस्थायी भएकाले व्यवसायीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन्। उनले बैंकको ब्याजदर बढ्ने ट्रेण्ड सामान्य भएको भन्दै वृद्धि भएको ब्याजदर चाँडै […]

अर्थमन्त्री शर्माले भने– ‘बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल चलिरहेको छ’

अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रणका लागि छलफल भइरहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेका अर्थमन्त्रीलाई व्यवसायीहरुले ब्याजदरको विषयमा प्रश्न गरेपछि उनले यस्तो बताएका हुन् । उक्त कार्यक्रममा मन्त्री शर्माले व्यवसायीको मागअनुसार ब्याजदर निर्धारणका लागि आफुले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अन

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर नियन्त्रण गर्नका लागि छलफल भइरहेको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले त्यसका लागि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकहरुसँग छलफल भइरहेको बताउनुभयो । पछिल्लो समय बैंकको ब्याजदर वृद्धि हुँदा उद्योगी व्यवसायीहरुलाई समस्या परेको […]

बैंकको ब्याजदर तीन वर्ष यताकै उच्च

१ कात्तिक, काठमाडौं । आजदेखि निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बैंकहरु मध्ये अधिकांशको दर बढेको छ । बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै महंगो भएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको ब्याजदर पछिल्लो ३ वर्ष यताको उच्च […]