बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी

सरकारी संस्थामा भ्रष्टाचार हुन्छ भन्ने आम बुझाइ छ । तर, कुन हदसम्म ? धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकरण खरिदमा दुई–तीन गुणा होइन, २८ गुणासम्म बढी खर्च भएको पुष्टि भएको छ । मुटुसम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग हुने ‘इन्ट्रा एओर्टिक बेलुन पम्प’ खरिदमा चरम भ्रष्टाचार भएको छ ।

सम्बन्धित सामग्री

बीपीमा बेथिति: स्वास्थ्य सामग्री अभावले ‘प्यारालाइसिस’ को खतरामा

सरकारले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जेलिएको समस्या समाधान गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्न पठाएका कर्मचारीहरू डुलेरै दिन बिताउँदै छन् । दैनिक सरदर ३ हजार बिरामी उपचार हुने र ८ सय शय्याका बिरामीका लागि आवश्यक मेडिकल उपकरण, अनिवार्य चाहिने सानातिना सामग्री सकिन लागे पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ र नियमावलीले उपकुलपतिबाहेक अरूलाई आर्थिक कारोबार गर्ने अधिकार नदिएकाले प्रतिष्ठान संकटमा परेको छ ।

बीपी प्रतिष्ठानमा बेथिति : प्रधानमन्त्री कार्यालयमै थन्किए प्रतिवेदन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनियमितताका अनेक घटनाबारे विभिन्न कार्यदलले बुझाएका प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएका छन् । भ्रष्टाचार र कमिसनलाई बढावा दिने गरी भौतिक संरचना निर्माण र खरिद ऐन तथा नियमावलीविपरीत मेडिकल उपकरण खरिद भएको आधा दर्जन उच्चस्तरीय कार्यदलले नै औंल्याएका छन् ।