सरकारले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जेलिएको समस्या समाधान गर्दै व्यवस्थित रूपमा सञ्चालन गर्न पठाएका कर्मचारीहरू डुलेरै दिन बिताउँदै छन् । दैनिक सरदर ३ हजार बिरामी उपचार हुने र ८ सय शय्याका बिरामीका लागि आवश्यक मेडिकल उपकरण, अनिवार्य चाहिने सानातिना सामग्री सकिन लागे पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ र नियमावलीले उपकुलपतिबाहेक अरूलाई आर्थिक कारोबार गर्ने अधिकार नदिएकाले प्रतिष्ठान संकटमा परेको छ ।