महोत्तरीको बर्दिवास अस्पतालमा सघन उपचार कक्षका उपकरण भए पनि तिनको उपयोग नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । भेन्टिलेटर नहुँदा उपचार नपाएर यसै साउनमा सर्पले डसेको ३२ वर्षीय एक युवाको मृत्यु भएको थियो । यसअघि गत असार अन्तिम साता पनि दुई किशोरको सर्पदंशपछि सघन उपचार दिन नसकिँदा मृत्यु भएको थियो । वर्षेनी सर्पदंशका गम्भीर प्रकृतिका …