उत्तर कोरियाले हानेको ब्यालेस्टिक क्षेप्यास्त्र हालै निर्माण गरिएको भनाई

कोरियाले मंगलबार प्रक्षेपण गरेको भनिएको एक आणविक क्षेप्यास्त्र हालसालै उत्तर कोरियामा निर्माण भएको उत्तर कोरियाली सरकारी समाचार समिति केसिएनएले जानकारी दिएको हो । उत्तर कोरियाले मंगलबार सो क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको थियो । तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस क्रममा उत्तर कोरियाली सरकारले उक्त क्षेप्यास्त्र हालसालै मात्र बनाएको जानकारी सो समाचार समितिले बुधबार दिएको हो ।

सम्बन्धित सामग्री

उत्तर कोरियाले यसरी मनायो ७० औँ स्थापना दिवस, तर परेडमा क्षेप्यास्त्र देखाइएन

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यांक र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।  उत्तर कोरियाली नेता किम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन...

अमेरिकालार्इ प्योङयाङको चेतावनी

युरोपका लागि उत्तर कोरियाको साँस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ तयार भन्दै चेतावनी दिएका छन् ।उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको केही दिनमै काओ डी बेनोको यस्तो भनाई आएको हो । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङको नजिकको सम्बन्ध रहेका मध्येका एक एलेखेन्द्रोले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै सहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको बिबिसी रेडियो फाइबसँगको कुराकानीका क्रममा दावी गरेका छन् ।

के उत्तर कोरिया तत्कालै अर्को पनि आणविक हतियार परीक्षणको तयारीमा रहेको छ ?

सोल, २१ असार । उत्तर कोरियाले तत्कालै फेरि अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।