बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेकालाई सरकारी वकिलको कार्यालय लगियो (फाेटाेफिचर)

काठमाडौं । बालुवाटार जग्गा काण्डले चिनिएको ललितानिवास जग्गा हिनामिना प्रकरणमा मंगलबार पक्राउ परेकाहरूलाई बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको  छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले म्याद थपका लागि उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय लगेको हो । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी […]

सम्बन्धित सामग्री

बालुवाटार जग्गा प्रकरण : २९० जनाविरूद्ध मुद्दा

काठमाडौँ- बालुवाटारको सरकारी जग्गा प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २९० जना प्रतिवादी कायम गरेर अदालतमा मुद्दा पठाएको हो । किर्ते गर्ने सर्वसाधारणलाई १ वर्ष कैदको माग गरिएको छ...

बालुवाटार जग्गा प्रकरण : सरकारी वकिलले ‘फाइल’ फिर्ता गरेपछि के गर्दैछ सिआईबी ?

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फाइल फिर्ता पठाएपछि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ। शीर्ष व्यक्तिहरु समेत मुछिएको जग्गा प्रकरणमा सीआईबीले लामो अनुसन्धानपछि पठाएको प्रतिवेदन केहि दिनमै फिर्ता गरेपछि चासोको दृष्टिले हेर्न थालिएको हो। अनुसन्धानपछि सीआईबीले गत बिहीवार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।प्रतिवेदन फिर्ता भएपछि वकिलको कार्यालयबाट आएको सुझावका आधारमा अगाडि