काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को फाइल फिर्ता पठाएपछि विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ। शीर्ष व्यक्तिहरु समेत मुछिएको जग्गा प्रकरणमा सीआईबीले लामो अनुसन्धानपछि पठाएको प्रतिवेदन केहि दिनमै फिर्ता गरेपछि चासोको दृष्टिले हेर्न थालिएको हो। अनुसन्धानपछि सीआईबीले गत बिहीवार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।प्रतिवेदन फिर्ता भएपछि वकिलको कार्यालयबाट आएको सुझावका आधारमा अगाडि