नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली राख्ने तयारी

सरकारले प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा सेवालाई व्यवस्थित बनाउन लागेका छौं : मन्त्री पौडेल (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताए । उनले बीमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याइने बताए । स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई […]

स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड

पाल्पा । पाल्पा जिल्ला अस्पतालमा बिरामीको भीड बढेको छ । जिल्लाका दुई ठूला अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित हुनुु र अस्पतालले सेवा सुविधा थप व्यवस्थित र प्रभावकारी बनाउँदै गएपछि पाल्पा अस्पतालमा बिरामीको भीड बढेको हो । स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि पाल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । यसअघि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रेफर सेन्टरको […]

कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न छलफल

केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न बृहत छलफल कार्यक्रम गरिएको छ।

‘अस्पतालमा आवश्यकताभन्दा बढी उपकरण छन्’

स्वास्थ्य सेवा विभागको पूर्वाधार विकास शाखाले गरेको अनुगमन अनुसार विभिन्न अस्पतालमा उपकरण चाहिनेभन्दा बढी भेटिए । यतिसम्म कि ती राख्ने ठाउँसम्म पनि थिएन । तर, सञ्चालन गर्न सक्ने जनशक्तिको कमी थियो ।

यस्ता छन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण कार्यक्रम

काठमाडौँ–सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै  राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम परेका छन् ।नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने बताइन् । यस्तै, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत

सामाजिक सुरक्षा कोषको परिचयपत्र देखाएर उपचार सुविधा पाइने

काठमाण्डाै – सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्य उपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट उपचार सेवा लिन सक्ने भएका छन् ।यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बिल पेस गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका एक दर्जन बढी अस्पतालसँग सम्झौता गरी योगदानकर्ताले परिचयपत्र देखाएर औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुविधा लिनसक्ने व्यवस्था मिलाएको छ ।योगदानकर्ताले बिर्तामोडकाे मनमोहन म...

खोप अभियान व्यवस्थित र अस्पतालमा पूर्वाधार बढाउने सरकारको तयारी

काठमाण्डाै - सरकारले खोप अभियानलाई व्यवस्थित बनाउने तथा कोरोनाको सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको पूर्व तयारी गर्ने काम भइरहेको जनाएको छ । सबै जिल्लाहरुमा क्रमशः खोप पुर्याउने काम भइरहेको र पालिकाहरुलाई व्यवस्थित रुपमा खोप वितरण गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले सबैले खोप पाउने भएकाले आफ्नो पालोमा मात्रै खोप लगाउन जान आग्रह गर्नुभयो । खोप लगाउने कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन टोकन प्रणाली लागू गर्ने र खोप केन्द्रहरू बढाउँदै लैजाने सरकारको तयारी छ । ...

पर्वत अस्पतालमा स्वास्थ्य उपकरण थपिँदै

पर्वत । कोभिड–१९ को महामारी बढिरहेका बेला पर्वतमा लायन्स क्लब र कुश्मा नगरपालिकाको साझेदारीमा १ करोड ५५ लाख रुपैयाँ बराबरको अत्याधुनिक स्वास्थ्य सामग्री थपिने भएको छ । कोभिडका संक्रमित बिरामी बढ्दै गएको र आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएकाले जिल्लामा स्वास्थ्य सामग्री ल्याउने कार्य अघि बढेको हो । अन्तरराष्ट्रिय लायन्स क्लबको १ करोड १७ लाख, जिल्लामा सक्रिय लायन्स क्लब अन्तर्गतका विभिन्न ८ क्लबबाट २३ लाख र कुश्मा नगरपालिकाको १५ लाख गरी १ करोड ५५ लाख रुपैयाँ लागत साझेदारीमा स्वास्थ्य सामग्री ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ । लायन्स क्लब अफ पर्वतका पूर्वअध्यक्ष एवं अस्पताल सम्बद्ध उपकरण खरीद तथा व्यवस्थापन समितिका संयोजक वसन्त कर्माचार्यका अनुसार उक्त रकमबाट जर्मन प्रविधिमा आधारित अत्यावश्यक स्वास्थ्य सामग्री खरीद सम्झौता भइसकेको छ, जसमध्ये कोभिडका बिरामीलाई पनि सहज हुनेगरी अहिले अक्सिजन कम्प्रेसर मेशिनलाई पहिलो प्राथमिकता दिएर ल्याउने तयारी गरिएको कर्माचार्यले बताए । पर्वत जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि सिलिण्डरमा भर्ने प्रविधि नभएकाले कम्प्रेसर मेशिन ल्याउने तयारी गरिएको उनको भनाइ छ । त्यस्तै भेण्टिलेटर, डायलासिस मेशिन, डिजिटल एक्सरे, कल्चरल चेकअप मेशिन लगायत सामग्री ल्याउन लागिएको छ । अस्पतालको भौतिक संरचना व्यवस्थित बन्दै गएपछि उपकरण पनि सोहीअनुसार व्यवस्थापन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।   कुश्मा नगरपालिकाले यसअघि ५ लाख रुपैयाँ प्रदान गरिसकेको र बाँकी १० लाख रुपैयाँ भुक्तानी दिन वैशाख ३० गतेको विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । यससँगै कुश्मा नगरपालिकाले कोभिड १९ का बिरामीलाई अस्पतालसम्म ल्याउन सवारीसाधन भाडामा लिएर सञ्चालन गर्ने निर्णय समेत गरेको नगर प्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।   अस्पतालमा थप उपकरण व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य पदम गिरीले समेत आफ्नो कोषबाट ३५ लाख रुपैयाँ विनियोजन गरेका छन् । उक्त रकमबाट अस्पताललाई आवश्यक सामग्री खरीद गर्ने तयारी भएको अध्यक्ष पहाडीले जानकारी दिए ।