हिन्दू धर्ममा तुलसीको विशेष महत्त्व छ । हरेक घरमा तुलसीको पूजा गरिन्छ ।
आयुर्वेदमा तुलसीलाई औषधि मानिन्छ । यसमा धेरै किसिमका औषधीय गुण पाइन्छन्, जो विभिन्न रोगका लागि फाइदाजनक हुन्छ ।
चिकित्सकहरू पनि मौसम परिवर्तनका बेला हुने रुघाखोकीका लागि तुलसीको पातको रस पिउन सल्लाह दिन्छन् ।
विशेषज्ञहरूका अनुसार तुलसीको पातको सेवन गर्नाले तौल र सुगरलाई नियन्त्रण गर्न सकिन्छ । यदि तपाईं पनि मधुमेहको बिरामी हुनुहुन्छ वा यसलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने तुलसीको पात सेवन गर्न सक्नु हुन्छ ।
केही शोधह...