नेकपा एमालेले पार्टीको दसौँ महाधिवेशनको सम्मुखमा ‘साइबर सर्कल’ घोषणा गर्ने भएको छ । यसअघि ‘साइबर सेना’ बनाएको एमालेले त्यसको नाम परिवर्तन गर्दै ‘साइबर सर्कल’ को घोषणा गर्न लागेको हो । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको मातहत रहनेगरी मङ्सिर ८ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गर्नेछन् ।नेकपा एमालेका नेता महेश बस्नेतका अनुसार साइबर सर्कल केन्द्रदेखि पालिका तहसम्म नै विस्तार गर्ने तयारी छ । यसको प्रत्येक कमिटीमा ३५ जना सदस्य रहने बताइएको छ