सिन्धुपाल्चोक–२ मा कांग्रेसका मोहनबहादुर बस्नेत विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए ।सिन्धुपाल्चोक–२ मा कांग्रेसले पहिलोपटक जीत निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्

सम्बन्धित सामग्री

सिन्धुपाल्चोक–२ मा मोहनबहादुर बस्नेत विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याउनुभएको जिल्ला निर्वाचन …

मोहनबहादुर बस्नेत मात्र मेरा प्रतिस्पर्धी होइनन्ः शेरबहादुर तामाङ

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका नेता एवं सिन्धुपाल्चोक २ का उम्मेदवार शेरबहादुर तामाङले आफ्नो प्रतिस्पर्धा एक जना व्यक्तिसँग मात्र नभएको बताएका छन् । ‘मेरो क्षेत्रको चुनावी प्रतिस्पर्धामा ११ जना साथीहरु छन्, मोहनबहादुर बस्नेत मात्र होइन । उहाँ पार्टीगत रुपमा माथिल्लो तहमा सम्भावना भएको व्यक्तित्व हो । तर अहिले सिन्धुपाल्चोक १ छाडेर मसँग प्रतिस्पर्धा गर्न […]

सिट बाँडफाँट गलत भयो भने संस्थापन समूहबाटै विद्रोह हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ असोज । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार आफैं भएको बताएका छन् । “पहिले जसले जितेको छ, त्यसले सिट पाउने कुरा बजार हल्ला मात्र हो । हिजो माओवादी केन्द्रले एमालेको बलमा जितेको हो । अब उम्मेदवारी धेरै बहस गरिरहनु पर्दैन । दुई दिनभित्रै थाहा हुन्छ । सिन्धुपाल्चोक १ मा […]

मोहनबहादुर बस्नेत भन्छन्ः “देउवा फेरि प्रधानमन्त्री हुनु के आश्चर्य भो र !”

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टी सभापति शेरबहादुर देउवाले चाहेमा फेरि प्रधानमन्त्री हुन सक्ने बताएका छन् । “देउवा धेरैपटक प्रधानमन्त्री हुनुभयो । उहाँमा मात्र सबैलाई मिलाएर लान सक्ने व्यक्तित्व देखिएको छ । त्यसैले संसद्मा कांग्रेस कमजोर भएका बेला समेत सरकारको नेतृत्व गर्नुभयो । उहाँले गठबन्धनलाई चुनावसम्म लैजान लागिरहनुभएको छ […]

पूर्वमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा एकल सिफारिस

सिन्धुपाल्चोक, भदौ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोक प्र्रतिनिधिसभा क्षेत्र नं १ को उम्मेदवारमा सिफारिस गरिएको छ । पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले प्रत्यक्षतर्फको उम्मेदवारीका लागि बस्नेतलाई मात्र सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभाको समानुपातिक तर्फबाट भने सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्यको नाम सिफारिस गरेको छ । सोही क्षेत्रको […]

अग्नि सापकोटा समानुपातिकमै सुरक्षित भएर बसे हुन्छः मोहनबहादुर बस्नेत

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक क्षेत्र नं १ को सिट कुनै पनि हालतमा सभामुख अग्निप्रसाद सापकोटाले नपाउने दाबी गरेका छन् । “सिटको दाबी आआफ्नो हैसियत र औकात अनुसार गर्नुपर्छ । अघिल्लो पटक जितेको ठाउँमा लिने भन्ने मापदण्ड नै उचित छैन । जस्तो मेरो क्षेत्र सिन्धुपाल्चोक–१ मा नेकपा (माओवादी केन्द्र) अघिल्लो […]

सिन्धुपाल्चोकमा गठबन्धन हुँदैन, अग्नि सापकोटालाई सिट छाड्दिनँः मोहनबहादुर बस्नेत

काठमाडौं, ५ असार । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले चुनावका बेला कम्युनिस्टहरुले नौटंकी देखाउने गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “कम्युनिस्टहरुको नौटंकी कसले बुझेको छैन ? चुनाव आउने बेला कसै न कसैसँग प्रभावित भएर १० थरी प्रपोगन्डा मच्चाउँछन् । […]

चीनको स्वार्थमा हामीले गलफत्ती गर्नु आवश्यक छैन : मोहनबहादुर बस्नेत

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सरकारमा बसेका दलहरुलाई एमसीसीको विपक्षमा मतदान गर्ने नैतिक र संवैधानिक अधिकार नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “एमसीसीका बारेमा उठेको बहसलाई सार्वभौम संसद्मा छलफल गर्नै नदिने कम्युनिस्टहरुको षड्यन्त्र असफल भएको छ […]