भारतीय रक्षामन्त्री राजनाथसँग प्रधानसेनापति शर्माको भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्माले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गरेका छन् ।  प्रधानसेनापति शर्माले बिहीवार नयाँदिल्लीमा रहेको नेसनल डिफेन्स कलेजको भ्रमण गरेका नेपाली सेनाले जनाएको छ । शर्माले कलेजबाट सन् २०१३ मा नेसनल डिफेन्स कोर्स गरेका थिए । सेनापति शर्मा २३ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् ।  

सम्बन्धित सामग्री

भारतीय एनडीसी टोलीद्वारा रक्षामन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता

भारतको नेसनल डिफेन्स कलेज (एनसीसी) को टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र प्रधानसेनापति प्रभुराम शर्मालाई छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेको छ । हवाई सेवाका उपप्रमुख मनिषकुमार गुप्ताको नेतृत्वमा एनडीसीको शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदल नेपालमा आएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय सेनाध्यक्षबीच भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवासँग भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले भेटवार्ता गर्नुभएको छ । प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा अस्ति आइतवार नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष पाण्डेले आज मङ्गलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको नेपाली सेनाले जनाएको छ । भेटवार्तामा द्विपक्षीय हित, नेपाली सेना र भारतीय सेनाबीच भइरहेको सहकार्य, भावी योजनालगायतका विषयमा कुराकानी भएको छ । नेपाल र  भारतका सेनाबीचको सम्बन्ध सुमधुर रहेकोमा खुसी व्...

प्रधानमन्त्री र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता

नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री एवं रक्षामन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मंगलबार भेटवार्ता भएको हो । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले मंगलबार बिहान माउण्टेन फ्लाइट गरेका थिए । तत्पश्चात उनले, शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरेको सेनाले जनाएको छ ।

काठमाडौं आइपुगे अमेरिकी सेनाका कमान्डर

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन चारदिने नेपाल भ्रमणमा आज काठमाडौं आइपुगेका छन्।बिहीबार दिउँसो सद्भावना भ्रमणका क्रममा उनी भारतबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्। उनी आज होटल हायातमा बस्ने र शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।त्यसपछि उनी काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्

अमेरिकी प्रशान्त क्षेत्रीय कमाण्ड प्रमुख चार्ल्स फ्लिन आज नेपाल आउँदै

काठमाडौं : अमेरिकी सेनाको इन्डो प्यासिफिक (प्रशान्त क्षेत्रीय) कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिन आज चार दिने नेपाल आउँदैछन्। फ्लिन अहिले भारत भ्रमणमा रहेका छन्।उनी भारतबाट आज अपरान्ह काठमाडौं आइपुग्ने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। आज उनी होटल हायातमा बस्ने छन्।  फ्लिनले शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। शुक्रबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्नेछन्।त्यसपछि उले काठमा

भारतीय रक्षामन्त्री र बाह्य मामिलामन्त्रीसँग प्रधानसेनापतिको भेटवार्ता

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करसँग बिहिवार अपराह्न बेग्लाबेग्लै भेटवार्ता गरेका छन् ।

भारतका उच्च पदाधिकारीसँग प्रधानसेनापति शर्माको भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्माले भारतका रक्षामन्त्री राजनाथ सिंहसहित उच्च पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

प्रधानसेनापति शर्मा र भारतीय रक्षामन्त्रीबीच भेटवार्ता

दिल्ली । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज दिल्लीस्थित रक्षा मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । शर्माले आजै बिहान भारतीय विदेशमन्त्री एस जयशंकरसँग साउथ ब्लकमा भेटवार्ता गरेका छन् । उनीहरुबीच दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो । शर्माले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भारतीय संचारमाध्यमले […]

प्रधानसेनापति शर्मा र भारतीय विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता

दिल्ली । प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच साउथ ब्लकमा आज भेटवार्ता भएको छ । द्धिपक्षीय भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको भारतीय विदेशमन्त्रीले जनाएका छन् । भारत भ्रमणमा रहेका प्रधानसेनापतिले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई पनि भेट्ने जनाइएको छ । प्रधानसेनापति शर्माले बुधबार भारतीय राष्ट्रपतिबाट […]

रक्षामन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज रक्षा मन्त्रालयमा भेटवार्ता भएको छ । भेटमा द्धिपक्षीय सहयोग आदानप्रदानबारे छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ । राजदूत बेरीले नवनियुक्त रक्षामन्त्री रिजाललाई बधाइ दिएका थिए । गतसाता राजदूत बेरीले प्रधानसेनापति प्रभु्राम शर्मासँग पनि भेटवार्ता गरेका थिए ।