मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै अर्कान्सासले हाल्यो टिकटक र फेसबुकविरुद्ध मुद्दा

मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै अमेरिकाको अर्कान्सास राज्यले टिकटकको कम्पनी बाइटडान्स र फेसबुकको कम्पनी मेटाविरुद्ध मुद्दा हालेको छ । यी कम्पनीका उत्पादनहरू प्रयोगकर्ताहरूका लागि हानिकारक भएको दाबी गर्दै मुद्दा दायर गरिएको हो । यो अमेरिकाका अधिकारीहरूले मानसिक स्वास्थ्य र गोपनीयता सम्बन्धि चिन्ताहरूमा सामाजिक सञ्जालका कम्पनीहरूलाई अदालतमा लैजान गरेको पछिल्लो प्रयास हो । टिकटक, बाइटडान्स […]

सम्बन्धित सामग्री

‘भीपीएन प्रयोग गरेर टिकटक नचलाउनू, डाटा चोरी हुनसक्छ’

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।  मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भीपीएन, डीएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेका छन् । ब्यूरोले भीपीएन, डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ । यस्तै विद्युतीयस्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउनेजस्ता गतिविधि पनि भइरहेकाले यसतर्फ सचेत हुन अनुरोध गरिएको छ ।  राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्नेलगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधिसमेत टिकटकका माध्यमबाट हुने गरेको पाइएको हुँदा प्रविधिको दुरुपयोग गरी यस्ता गतिविधि नगर्न र नगराउन ब्यूरोले आग्रह गरेको छ । रासस

सामाजिक सञ्जालको दुरुपयोग नगर्न चेतावनी

काठमाडौं। गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको दुरूपयोग बढेको भन्दै यसलाई मर्यादित बनाउन आग्रह गरेको छ । सामाजिक सञ्जालको गलत प्रयोग गर्नेविरुद्ध कानूनी कारबाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ । गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन टिकटकको कार्यालय सिंगापुरसँग सहकार्य गर्न लागिएको गृह मन्त्रालयको भनाइ आइतवार विज्ञप्तिमार्फत मन्त्रालयले कानूनी कारबाहीबाट बच्न सुझाएको छ । टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित र कानूनसम्मत प्रयोगले नयाँ कुरा जानकारी लिन/दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने तर तिनमा सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै कतिपय अवस्थामा व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सृजना गर्ने मन्त्रालयको भनाइ छ ।  सामाजिक सञ्जालको दुरुपयोग रोक्न त्यसमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वत: हट्ने व्यवस्था मिलाउन टिकटकको कार्यालय सिंगापुरसँग सहकार्य गर्न लागिएको मन्त्रालयले बताएको छ । यस्तै दोषीउपर कानूनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकायलाई निर्देशन दिइएको छ ।