भोजपुर – भोजपुरमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार शेरधन राई पछि पर्नुभएको छ ।
उहाँलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १९ सय ८५ मतान्तरसहित पछि पार्नुभएको हो । पछिल्लो मत परिणाम अनुसार राईले ७ हजार ८० मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका सुदन किराँतीले ९ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेपालका लागि नेपाली पार्टीका उम्मेदवार डा. सुरेश बस्नेतले ४०३ मत पाउनुभएको छ ।