प्रदेश १ का पहिलो मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य शेरधन राईले अहिलेको अवस्थामा देश आउनुमा काँग्रेस र एमाले जिम्मेवार भएको बताएका छन् । विराटनगरमा आज संचारकर्मीसँग कुरा गर्दै राईले ०४६ सालको परिवर्तन पछि मुलुकलाई सही ढंगले लैजान नसक्दा अहिलेको अवस्था आएको बताए । उनले यो विषयमा आवश्यक समीक्षा गर्नुपर्नेमा जोड दिए । ‘मुलुक यो खण्डमा आइपुग्नुको कारण नेकपा एमाले र नेपाली कांग्रेस नै जिम्मेवार हुन् । ०४६ सालको निर्वाचन पछि आजको जनताको अपेक्षा पुरा गर्ने गरी काँग्रेस र एमाले