काठमाडौँ । नेपाली संगीत क्षेत्रमा निरन्तर साँढे चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएको भन्दै बरिष्ट लोक गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छिन्। उनलाई मंगलबार काठमाडौँमा एक समारोहबीच बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा लगायतले रु ५१ हजार रुपैयाँ नगद सहित कन्हैया सिंह राष्ट्रिय संगीतकर्मी पुरस्कार–२०७८’बाट पुरस्कृत गरेका हुन्।