नेपाली कांग्रेसका महामन्त्री तथा सासद गगन कुमार थापाले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध हैन समाधानको हल खोज्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । थापाले एक विज्ञप्ति जारी गरी काठमाडौँ फोहोरले अस्तव्यस्त भएको छ। यही अवस्था अझ केही दिन रहेमा महामारी फैलन सक्ने सम्भावना बढेकाले फोहर व्यवस्थापनमा अबरोध नगर्न सिसडोल र बन्चरेडाँडाबासीलाई अनुरोध गर्नुभएको हो । …