नगर क्षेत्रमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छाँयानाथ रारा नगरपालिकाले नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
छाँयानाथ रारा नगरपालिकाले नगरभित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने हेतुले प्रतिब्यक्ति सरसफाइका सामग्री सर्जिकल मास्क, हात धुने डिटोल साबुन र प्रतिघरलाई १ सय एमएल सेनिटाइजर वितरण गरेको हो ।
आव ०७६-७७ मा छाँयानाथ रारा नगरपालिकाले १४ वडामा विनियोजन गरेको कुल बजेटबाट रकमान्तर गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकी रकम नगरपालिकाले बेहोर्ने गरी कुल १ करोड १० लाखको विपद् कोष स्थापना गरेको थियो ।