नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा बिहान ७ बजेदेखि नै आउने क्रम जारी छ ।
दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरु आउने क्रम सुरु भएको हो । बिहानैदेखि भरतपुर नारायणगढ, गैडाकोटका विभिन्न स्थानमा भेला भएर उद्घाटन स्थलमा आउनेक्रम सुरु भएको छ । बाजा गाजा सहित नाचगान गर्दै नदी किनारमा भेला भएका छन् ।