बेलिब्रिज निर्माणकार्य अन्तिम चरणमा

मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोड्ने बेलिब्रिज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालको रूपमा रेहेको बेलिब्रिजको निर्माणकार्य आगामी साताभित्र सकिने भएको हो ।अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँ लागतमा तयार गरिएको बेलिब्रिज निर्माणकार्य आगामी सातासम्म सकिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन […]

सम्बन्धित सामग्री

सञ्चालनमा नआउँदै भत्कियो बेलिब्रिज

मुगु–हुम्ला लिंक रोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमा निर्माणकार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौरको बेलिब्रिज जडान गर्ने क्रममा शनिबार भत्केको हो ।

बेलिब्रिज निर्माण अन्तिम चरणमा

पोखरा बजारको मुख्य प्रवेशद्वार विजयपुर खोलामा बेलिब्रिज (पुल) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय पोखराका सबइन्जिनियर किरण सुवेदीले बताए । हाल डाइभर्सनको रूपमा अस्थायी पुल प्रयोग भएको हुँदा उक्त पुलको स्थानमा नयाँ संरचनामा निर्माण भएको बेलिब्रिज पुल निर्माणसँगै सञ्चालनमा आउने उनले बताए ।