काठमाण्डाै - सर्लाही रामनगर-७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे ज्यान गएकाे छ ।
सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार रुपैयाँ आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो । यादवको बिहान ११ बजे नै ज्यान गएकाले आज वितरण गर्ने भनिएको पाँच करोड रुपैयाँ दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।
सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता ...