युक्रेनको पछिल्लो अवस्था र खाद्य आपूर्तिका विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच भेटवार्ता भएको छ । बिहीबार उनीहरुबीच मस्कोमा भएको भेटवार्ताका क्रममा सो विषयमा कुराकानी भएको थियो । पछिल्लो समयमा विश्वमा नै खाद्यान्नको अभाव भएका समाचारहरु आइरहेका छन् ।रुस र युक्रेनका बीचमा युद्ध सुरु भएपछि विश्वमा खाद्यान्न अभाव भएको बताइएको छ । खाद्यान्न आपूर्ति प्रणालीमा आएको असन्तुलनका कारण खाद्यान्न अभाव भएको बताइएको छ । साथै बिहीबारको उनीहरुको वार्ताका क्रममा कृषि