काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित भगवतीबहालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेको थियो । यस बुक क्लोजको माघ २९ गतेसम्म कायम शेयरधनीहरू मात्रै लाभांश पाउन योग्य छन् ।