वायु प्रदूषणको कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खतरा बढेपछि सरकारले विद्यालयमा चार दिन सार्वजनिक बिदा घोषण गरे पनि बागलुङका केही स्थानीय तहले पठन पाठनलाई निरन्तरता दिएका छन् ।
जिल्लाका छ वटा स्थानीय तहमा नियमित कक्षा सञ्चालन भएका छन् । चार वटा स्थानीय तहमा केन्द्रीय सरकारको निर्णय अनुसार नै विद्यालय बन्द गरिएको छ ।
बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका ताराखोला गाउँपालिका, तमानखोला गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गर्दै विद्यालय नियमित सञ्चालन गर्न आग्रह गरेका हुन । बिदा घोषण गरेको पहिलो दिन मंगलबार अन्यौलका बीच विद्यालयको पठन पाठन बन्द भए पनि बुधबारदेखि स्थानीय तहले नियमित पठन पाठन सुरु गरेका छन् ।