प्रांगारिक मल कारखाना खोल्दै गोल्छा समूह, 'रासायनिक मल प्रतिस्थापन गरिने'

काठमाडौं । दर्जनौं उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएको मुलुकको व्यावसायिक घराना गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने भएको छ । युरिया, डीएपीजस्ता रासायनिक मलको उच्चतम प्रयोगका कारण माटोमा भएको उर्वराशक्ति कमजोर बन्दै गएको भन्दै त्यसको प्रतिस्थापनका लागि गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको हो । दिवाकर गोल्छा कोर्पका निर्देशक हितेश गोल्छाले आर्थिक अभियानसँगको कुराकानीमा सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा नेपाली किसानले हरेक वर्ष खेतीपातीको समयमा मलको समस्या झेल्नुपरेको बताए ।  त्यसमाथि रासायनिक मलको उच्चतम प्रयोगबाट माटोको उर्वराशक्ति पनि घट्दै गएकाले त्यसको प्रतिस्थापनका लागि गोल्छा समूहले प्रांगारिक मल कारखाना खोल्ने तयारी गरेको उनले जानकारी दिए । ‘हामीसँग प्रांगारिक मल कारखाना खोल्ने योजना छ । त्यसमा प्राविधिक सहकार्यका लागि भारतका विभिन्न मल उत्पादन गर्ने कम्पनीसँग कुरा भइरहेको छ,’ उनले आर्थिक अभियानसँग भने, ‘अबको केही महीनाभित्रै हामीले कारखाना स्थापना गर्ने गरी योजना अघि बढाएका छौं । हाम्रो मुख्य उद्देश्य भनेको रासायनिक मल प्रतिस्थापन गर्ने हो ।’  नेपाली किसानका लाागि मलको समस्या अहिले सबैभन्दा जटिल बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा किसानको समस्या समाधान नगरीकन उद्योगीका समस्या पनि समाधान हुन सक्दैनन् भन्ने निष्कर्षमा पुगेर गोल्छा समूहले प्रांगारिक मल कारखाना स्थापनाका लागि सरकारसँग अनुमतिसमेत लिइसकेको उनले बताए । कारखाना कुन ठाउँमा खोल्ने, कति लगानी आवश्यक पर्छ र कति मान्छेले रोजगारी पाउँछन् जस्ता पक्षबारे भने अहिले नै बताउन नसकिने उनको भनाइ छ ।  नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजन धान रोप्ने बेला किसानले वर्षेनि मलको समस्या झेल्दै आएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकलाई आधार मान्ने हो भने पनि नेपालमा वर्षमा करीब ७ लाख मेट्रिक टन मल आवश्यक छ । कम प्रयोग गर्दा पनि ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने बताइएको छ । तर, नेपालमा मल आयातको अवस्था हेर्ने हो भने कुनै पनि वर्ष ४ लाख २० हजार मेट्रिक टनभन्दा माथि गएको देखिँदैन ।  यस्तो अवस्थामा गोल्छा समूहले खोल्न लागेको मल कारखानाले नेपाली किसानलाई धेरै हदसम्म सहज हुने अपेक्षा गरिएको छ । नेपालमा जब जब मल अभाव चर्किन्छ तब तब मल कारखाना खोल्ने कुराले निकै चर्चा बटुल्ने गर्छ । तर, त्यसतर्फ ठोस काम भने अहिलेसम्म भएको छैन । नेपालमा रासायनिक मल कारखाना खोल्न पहिलोपटक २०४१ सालमै सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसपछि आधा दर्जनभन्दा बढी त्यस्ता अध्ययन भइसकेका छन् । पछिल्लो १ दशकमा सरकारले ल्याएका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कुनै न कुनै रूपमा मल कारखाना खोल्ने विषय अटाउँँदै आएको छ । तर, कहाँ र कसरी खोल्ने भन्ने कुरो टुंगो लाग्न सकेको छैन । मल कारखाना खोल्ने कार्यक्रम अहिले पनि लगानी बोर्डमा थप अध्ययनका क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विकास महाशाखाका सहसचिव डा. राजेन्द्रप्रसाद मिश्रले बताएका छन् । कृषि विभागमा राष्ट्रिय किसान आयोगको आयोजनामा भएको नेपालमा रासायनिक मलको उपयोगिता र यसका चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सम्बन्धित सामग्री

सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण हुने

सिन्धुली । बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ । १ खर्ब रुपैयाँ लाग्ने अनुुमान गरिएको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी उपयुक्त स्थान हुने भएकाे हाे । थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएकाे बाग्मती प्रदेश सरकारले जनाएकाे छ । पानी र बिजुली बाहेक अन्य कच्चा […]

रासायनिक मल कारखाना सम्भाव्यता अध्ययनको जिम्मेवारी जर्मन कम्पनीलाई

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने योजना बनेको वर्षौं बितिसकेको छ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०६८/६९ को बजेटमा मल कारखाना स्थापना गर्ने योजना समेटेदेखि अहिलेसम्म निरन्तर यसको बहस जारी छ । यस अर्थमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने भनेर पहिलो योजना बनेको एक दशक पुगेको छ । तर, कारखाना स्थापनाको काम भने जहाँको त्यहीँ छ ।यद्यपि, पछिल्लो समय लगानी बोर्डको नेतृत्वमा यस सम्बन्धी काम अघि बढेको छ । कृषि मन्त्री र अर्थ मन्त्रीले शपथ खाँदैपिच्छे रासायनिक मल कारखाना

रासायनिक मल कारखाना स्थापनामा सरकारकै धारणा अस्पष्ट

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना आयातीत ग्यासको प्रयोग गर्ने गरी वा इलेक्ट्रोलाइसिस प्रविधिबाट स्थापना गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री र ऊर्जामन्त्रीको धारणा बाझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा चैत १७ गते बसेको नेपाल लगानी बोर्डको ५०औं बैठकले नवलपरासीको बर्दघाटमा रासायनिक मल कारखाना स्थापना गर्न समझदारी गरी विस्तृत सम्भाव्यता अध्ययनका लागि जर्मनीको डाइयाग इन्ड्रस्ट्रिज जीएमबीएचलाई […]

नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीद्वारा प्रस्ताव

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेस गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । सरकारले नेपालमै मल कारखाना खोल्न भन्दै लगानी मोडल अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको हो । जर्मनीको डीआईएजी, भारतको ईएक्स आईएन […]

नेपालमा रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीको प्रस्ताव

२४ माघ, काठमाडौं । नेपालमै रासायनिक मल कारखाना खोल्न तीन विदेशी कम्पनीले लगानी प्रस्ताव गरेका छन् । छिमेकी मुलुक भारतसहित बेलायत र जर्मनीका कम्पनीले मल कारखाना खोल्न प्रस्ताव पेश गरेको लगानी बोर्डले जनाएको छ । सरकारले नेपालमै मल कारखाना खोल्न भन्दै लगानी मोडल अध्ययन गरिरहेको बेला यस्तो प्रस्ताव आएको लगानी बोर्डका उपसचिव एवं सूचना अधिकारी […]

बागमतीमा रासायनिक मल कारखाना खोल्ने

काठमाडौं, माघ १९ । बागमती सरकारले रासायनिक मल कारखाना सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले प्रदेशका ३ मा मल कारखाना खोल्ने निर्णय गरेको हो । प्रदेशमा तीनवटा रासायनिक मल कारखाना खोल्न आवश्यक प्रक्रियासमेत अघि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीनवटा मल उत्पादन कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल […]

बागमती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

बागमती–बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाएको छ । बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले यस विषयमा कम्पनीसँग छलफल पनि […]

वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने

मकवानपुर - वाग्मती प्रदेश सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । पछिल्लो पटक बसेको वाग्मती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका विभिन्न ठाउँमा तीन वटा रासायनिक मल कारखाना स्थापना गर्ने निर्णय गरेको हो । वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले थाइल्यान्डकाे एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । मल कारखाना खोल्ने विषयमा थाइल्यान्डकाे कम्पनीसँग छलफल पनि भइरहेको उहाँले जानकारी दिनुभयो...

अब नेपालमै रासायनिक मल कारखाना

सरकारले नेपालमै रासायनिक मल खारखाना स्थापना गर्नेगरी आवश्यक गृहकार्य अघि बढाएको छ । बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक मलको अभावको दीर्घकालीन समाधान गर्ने योजनाका साथ सरकारले मल कारखाना स्थापनाको तयारीसम्बन्धी गृहकार्यलाई तिव्रता दिएको खबर राजधानी दैनिकमा छापिएको छ ।