बैतडी : गौरा पर्वको अवसरमा बैतडीका विभिन्न ठाउँमा सचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिएको छ।देउडाको संरक्षण, संवर्धन र प्रवर्धनका साथै स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको आयोजक समितिका सदस्य मोहनसिंह बिष्टले जानकारी दिए।समाजमा रहेका विकृति, विसंगति र कुप्रथा हटाउन सहयोग पुगोस् भनेर सचेतनामूलक देउडा प्रतियोगिताको आयोजना गरिएको हो।पाटन नगरपालिका–८, खोड्पेमा भदौ २६ गतेदेखि २८ गतेसम्म महिला पुरुष संयुक्त देउडा प्रतियोगिताको हुने भएको छ।खोड्पे बजार व्यवस