नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, गोलकिपर मार्टिनेज बने नायक

२४ मंसिर, काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेजले नायक बन्दै दुई पेनाल्टी रोकेपछि नेदरल्याण्ड्सलाई पेनाल्टी शूटआउटमा ४-३ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । लुसेल आइकोनिक स्टेडियममा भएको नाटकीय र तनावपूर्ण दोस्रो क्वाटरफाइनलमा मार्टिनज नायक बन्दा अर्जेन्टिना ८ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र […]

सम्बन्धित सामग्री

ब्राजिललाई  पराजित गर्दै अर्जेन्टिनाले जित्यो प्रतियोगिताको उपाधि

असार २७, काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। ब्राजिलमा भएको ४७औं संस्करणको कोपा अमेरिका- २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।  चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १- ० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए। अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक बनेको हो । डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो। पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन।  ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए। अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो। पछिल्लो पटक अर्जेन्टिनाले १९९३ मा कोपाको उपाधि जितेको थियो।  त्यसपछि अर्जेन्टिना चार पटक कोपा र एक पटक फीफा विश्वकपको फाइनलमा पुगे पनि उपाधिबाट बन्चित हुँदै आएको थियो। यसअघि १९९३ को कोपाको फाइनलमा आमन्त्रित टिम मेक्सिकोलाई २- १ ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसयता अर्जेन्टिनाले कुनै पनि मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको थिएन।  अर्जेन्टिना सन् २००४ यता चार पटक फाइनल पुगेको थियो। सन् २००४ र २००७ मा ब्राजिलसँग फाइनलमा हारेको अर्जेन्टिना सन् २०१५ र २०१६ को फाइनलमा पनि चिलीसँग पराजित भइको थियो । उपाधिसँगै कब्जा गरेसँगै अर्जेन्टिनाले २८ वर्ष लामो उपाधि तोडेको हो । एजेन्सीहरुको सहयोगमा

ब्राजिल र अर्जेन्टिनाको ‘ड्रिम फाइनल’ तय

२३ असार, काठमाडौं । सबैको अपेक्षा अनुसार नै विश्व फटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनल भिड्ने भएका छन् । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै ब्राजिलसँग फाइनल भिडन्त तय गरेको हो । गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै ३ पेनाल्टी रोकेपछि अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले […]

गोकिपर मार्टिनेजले ३ पेनाल्टी रोकेपछि अर्जेन्टिना फाइनलमा

२३ असार काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित मसयम १-१ को बराबरीमा सकिएपछि […]

अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने। उनले कोलम्बियाका ३ पेनाल्टी रोकेका थिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ।