पर्वत : सम्बन्धित विषयको अध्ययन नगरेर वा नजानेर भाषण गर्दा नेताहरू सामाजिक सञ्जालमा ट्रोल हुने गरेका छन्। यस्तै घटनाले प्रधानमन्त्री शेरबहादुर देउवा चर्चामा छन्।गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने औपचारिक कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री देउवाले बोल्ने क्रममा दुई ठाउँमा त्रुटि गरे। सामान्य नेताले बोलेको भए त्यति खोजीको विषय बन्ने थिएन होला। देशकै उच्च ओहदामा रहेका व्यक्ति नै चिप्लिँदा त्यसको चर्चा नहुने त कुनै भएन।नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालयमा स्थाप