काठमाडौं महानगरपालिकामा काम गर्ने कर्मचारीहरूको एक तह बढुवा भएको छ ।
फागुन ४ गते नगर सभाबाट उक्त निर्णय भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले लोकान्तरलाई जानकारी दिए ।
'नगर सभाबाट महानगरपालिकामा काम गर्ने कर्मचारीहरूको एक तह बढुवा गर्ने निर्णय भएको छ,' प्रवक्ता डंगोलले लोकान्तरसँग भने, 'केही मापदण्डसहित बढुवा गर्ने निर्णय भएको हो ।'
एसएलसी पास भएका कर्मचारीहरूको पाँचौं तहभन्दा माथि बढुवा नहुने तर ग्रेड थप्न मिल्ने भएकाले अधिकृत स्तरका कर्मचारी तथा अन्य कर्मचारीहरूको एक तह बढुवा...